site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनाअघि बिहे गरेकी उर्मिलाले अरुलाई बचाइन् तर भीडले उनको प्राण लियो 
SkywellSkywell

काठमाडौं । आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्यान्डबाई’ राखिएको थियो ।

त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ । दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दुर्व्यवहार भएको भन्दै एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।

शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले विद्यालय घेराऊ गरेका थिए । दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थियो ।

KFC Island Ad
NIC Asia

विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्छ । साँझ ७ बजे आसपासको समयमा उर्मीला रहेको प्रहरी टोली घटनास्थल पुग्यो ।

स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार गर्‍यो । स्थानीयमध्ये केही घरेलु हतियार पनि बोकेर आएका थिए । घटनास्थलमै रहेका एक प्रहरी अधिकारीले भने,“घरेलु हतियार, सिसाका बोतल हामीमाथि बर्सिए । प्रहरीलाई नै ज्यान जोगाउन मुस्किल भयो ।”

Royal Enfield Island Ad

दोहरो झडपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घाइते भए । अध्यारो हुँदै गएपछि भीड आक्रोसित हुँदै गयो । प्रहरीलाई नै लखेट्न थाल्यो ।

दोहोरो झडप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोमनराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बोतल, ढुङ्गामुढा बर्सिन थाले । त्यही क्रममा उर्लिएको भीडले उर्मीलामाथि आक्रमण गर्‍यो । उनले ज्यान जोगाउन सकिनन् । घाँटीमा धारिलो हतियारले प्रहार भयो ।”

अरुलाई सुरक्षित गर्न ड्युटीमा खटिएकी उर्मिला अपराधीहरुको हातबाट मारिइन् । अरुलाई जोगाइन् तर आफूलाई जोगाउन सकिनन् ।

इन्सपेक्टर अर्याल आफैले उर्मिलालाई मैदानमा उठाएर मोटरसाइकलमा हालेर अस्पताल पठाए । रगताम्य उर्मिला अचेत थिइन् । प्रहरी पोशाकमा रगत बगिरहेको थियो । उनको मुटुको धड्कन थिएन ।

उनलाई अस्पतालले मृत घोषणा गर्‍यो । तर प्रहरी अधिकारीहरुले उर्मिला बाच्ने आश पहिल्यै गुमाइसकेका थिए ।

०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो ।

उनका श्रीमान् इलाममा कार्यरत थिए । उर्मिलाका दाई पनि प्रहरी सेवामै मोरङमा कार्यरत छन् ।

लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनी प्रहरी सेवामा भर्ना भएको सशस्त्र प्रहरी गणको टोली विराटनगरका इन्सपेक्टर रवि भुषण यादवले जानकारी दिए । उनका अनुसार उर्मिला अध्ययनमा अब्बल थिइन् भने अनुशासित प्रहरी कर्मचारी थिइन् ।

उनले भने,“उर्मिला एकदमै मेहनती र मिलनसार थिइन् । पढाइमा पनि उनी अब्बल थिइन् । उनलाई गुमाउँदा हामी दुःखी छौं । साथीहरु पनि शोकमा छन् ।”

इलाममा कार्यरत नवीन श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर पुगेका छन् । प्रहरीले परम्पराअनुसार सलामी दिएर उर्मिलाको अन्त्यष्टिको तयारी गरेको छ ।

उर्मिलाका बुवाआमा पनि छोरीको अन्तिम संस्कारका लागि विराटनगर पुगेका छन् । उनको शव कोशी अस्पतालमा राखिएको छ । पोष्टमार्टमको तयारी भइरहेको छ ।

आइतबारको घटनामा ३० प्रहरी र केही आन्दोलनकारी समेत घाइते भएका छन् । घटनास्थल लेटाङमा आज बिहानैदेखि कर्फर्यु आदेश जारी गरिएको छ ।

आरोपी शिक्षक प्रहरी नियन्त्रणमा छन् । मोरङ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीमाथि कारवाही हुने बताएका छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro