site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले किन युक्रेनी शरणार्थी लिइरहेको छैन ?
SkywellSkywell

सीएनएन । रुसको हमलापछि झन्डै ३० लाख नागरिकले युक्रेन छाडिसकेका छन् । पोल्यान्डमा मात्र झन्डै २० लाख युक्रेनीहरूले शरण लिइरहेका छन् भने हजारौँको सङ्ख्यामा शरणार्थीहरू अरू नजिकैका देश गइरहेका छन् । 

तर युद्ध सुरु भएदेखि अहिलेसम्म एकजना युक्रेनी पनि अमेरिका प्रवेश गरेका छैनन् । 

बाइडेन प्रशासनले शरणार्थीहरूलाई स्वागत गर्ने चाहना व्यक्त गर्दै आएपनि अमेरिकी आप्रवासन प्रणालीको कमजोरीकै कारण त्यस्तो हुन सकिरहेको छैन । गुगल सर्चहरूमा हेर्दा समेत अमेरिकीहरू युक्रेनलाई मद्दत गर्न एकदम तत्पर रहेको देखिन्छ । तर यसबारे केही उल्लेखनीय काम गर्न सकिरहेको छैन ।

Dabur Nepal
NIC Asia

यसमा अमेरिका चुपचाप बसेको चाहिँ होइन । अमेरिकी संसद्ले युक्रेनको मानव संकट समाधानका लागि ४ अर्ब डलर भन्दा बढी रकम स्वीकृत गरिसकेको छ जसमध्ये १.४ अर्ब डलर शरणार्थीहरूलार्य मद्दत गर्न विशेष रूपमा छुट्याइएको छ । 

साथै राष्ट्रपति जो बाइडेनले शरणार्थीहरूलाई अमेरिकी ल्याउने प्रतिज्ञा पनि गरिसकेका छन् । तर तत्काल अमेरिकी परिवारले युक्रेनी शरणार्थीलाई ‘स्पन्सर’ गर्न मिल्ने अवस्था नभएको सरकारको भनाइ छ । 

यसअघि पोल्यान्ड पुगेर उपराष्ट्रपति कमला ह्यारिसले शरणार्थीहरूसँग भेट गरेकी थिइन् । त्यहाँ उनले कति सङ्ख्यामा अमेरिकाले युक्रेनी शरणार्थाीलाई स्वीकार्नेछ भन्नेबारे कुनै प्रतिबद्धता जनाइनन् । पोल्यान्डका राष्ट्रपतिले उनलाई अमेरिकामा परिवार भएका युक्रेनीहरूलाई अझ बढी सहायता गर्न विशेष आग्रह गरेका थिए ।

यिनै कारणले पनि अमेरिकालाई शरणार्थी संकट चरम बिन्दुमा पुग्नु अगाडि नै युक्रेनीहरूलाई स्वागत गर्ने प्रबन्ध मिलाउन सबैतिरबाट पहल गरिएको छ । बोलीका साथै काम गरेर देखाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको ग्लोबल गैरलाभकारी संस्थाका प्रमुख मार्क हेटफिल्ड बताउँछन् । उनी जसरी अन्य थुप्रैले अमेरिकाले पर्याप्त सहायता नगरेको गुनासो गरिरहेका छन् । 

युद्ध छाडेर भागिरहेका मानिसहरूलाई देशमा स्वागत गर्नु मानवीय कर्तव्य हो तर अमेरिकामा आप्रवासन कानुन एकदम जटिल मानिन्छ । यो वास्तवमा राजनीतिक मुद्दा पनि हो जसमा आप्रवासन र आप्रवासीहरूको मुद्दाले चुनावको नतिजा नै उल्ट्याउन सक्छ । र, सामान्य अवस्थामा अमेरिकामा शरणार्थीका रूपमा रहने अनुमति पाउनका लागि मात्र अनगिन्ती टेस्ट र स्क्रिनिङ गराउनुपर्ने हुँदा वर्षौं लाग्ने गरेको बताइन्छ । 

अमेरिकामा गत अक्टोबरदेखि ६९० युक्रेनीहरू शरणार्थीका रूपमा बसिरहेका छन् । तर यो युद्ध अगाडिको कुरा हो ।

यसबारेमा बाइडेन प्रशासनका वरिष्ठ अधिकारीले अधिकांश युक्रेनीहरू सम्भावित रूपमा युरोपमै रहन चाहने बताएका छन् तरपनि कोही अमेरिका आउन इच्छुक भए यसका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बिहीबार मात्र आफूले संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीसँग नजिकबाट काम गरिरहेको बताएका थिए । युक्रेनी शरणार्थीहरूलाई अमेरिकाले कसरी धेरै भन्दा धेरै मद्दत गर्न सक्छ भन्नेबारे नियमित छलफल भइरहेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro