काठमाडौं । ओडीसी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘दबङ रिलोडेट टुर’ को मिति तय भएको छ । सलमान खानसहित अन्य बलिउड कलाकारहरूको उपस्थितिमा हुन लागेको कार्यक्रम आगामी जेठ १४ गते हुने भएको ओडीसीका अध्यक्ष सिमान्त गुरुङले जानकारी दिए ।
यसअघि वैशाख ३ गते हुने भनिएको कार्यक्रम ‘नेपाल सुपर लिग फुटबल प्रतियोगिता’ हुने भनिएपछि स्थगित भएको थियो ।
आफूहरूले दबङ टुरका लागि राखेपसँग पहिले नै मिति बुक गरिसकेको तर समय नजिकन थालेसँगै सुपर लिग हुने भनिएपछि मिति पोस्टपोन्ड गरिएको गुरुङले बताए ।
‘दबङ रिलोडेट टुर’को घोषणा कार्यक्रमबारे आगामी बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेको पहलमा सलमानलाई नेपाल ल्याउन लागेको स्वीकार्दै गुरुङले पत्रकार सम्मेलनमा मन्त्री आले र सलमानबीच भिडियोवार्ता हुने पनि जानकारी दिए ।