site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमानसहित बलिउड कलाकार नेपाल आउँदै, मन्त्रालय भन्छ– पयर्टनमा टेवा पुग्ने अपेक्षा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानसहितका बलिउड सेलिब्रिटीहरू नेपाल आउन लागेका हुन् ।

उनीहरू आउँदो वैशाख ३ गते दशरथ रंगशालामा हुने सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठले जानकारी दिए ।

Agni Group
NIC Asia

सलमानसहितका कलाकारहरूलाई नेपाल ल्याउन रकम भुक्तानी अनुमति दिन संस्कृति मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरिसकेको पनि उनले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आसमा मन्त्रालयले सहजीकरण गरेको उनी बताउँछन् । “पहिलो त हाम्रो जिम्मेवारी नै हो, सांस्कृतिक कार्यक्रमहरू मन्त्रालयले नै हेर्ने हो । सहजीकरण गर्ने र पर्यटन प्रवर्द्धन हुन्छ भनेर पनि दिएको हो,” उनले भने, “हिजो बुधबार मन्त्रालयले राष्ट्र बैंकलाई रकम भुक्तानीका लागि अनुमति दिन सिफारिसपत्र पठाएको हो । यसले ठप्प रहेको आन्तरिक र बाह्य दुवै पर्यटनमा टेवा पुग्छ कि भन्ने अनुमान हामीले गरेका हौँ ।”

Global Ime bank

ओडीसी इन्टरटेन्मेन्टले सलमानसहित बलिउड टिमलाई नेपाल ल्याउन लागेको हो । यो त्यही आयोजक टिम हो, जसले तीन वर्षअघि ‘दबंग–द टुर नेपाल’ कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउन खोजेको थियो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले कार्यक्रम गर्न नदिने धम्की दिएपछि रद्द भएको थियो । टिकट बिक्री भइसकेर अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो ।

त्यो बेला सलमानसहित अभिनेत्रीहरू सोनाक्षी सिन्हा, कृति सेनन, माहिरा खान, निर्देशक प्रभु देवा र कलाकार मनीष पल आउने भनिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu