काठमाडौं । बजाजले नयाँ वर्षको अवसर पारेर ‘बजाज पाँचको पन्च’ नामक योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकलाई पाँचपटक जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ ।
बजाज अटो कम्पनीका लागि नेपालको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले यो योजना ल्याएको हो ।
बजाजको विज्ञापनलाई फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेलामा एक हजार रुपैयाँ छुट पाउनयोग्य हुने जनाएको छ ।
यस्तै, बजाजको शो रुममा गएर आफ्नो छनोटको बाइक रोजेपछि ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाइक किन्ने बेलामा प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यसपछि बाइक किन्ने प्रक्रिया सुरु गरेपछि फेसबुकमा पोस्ट गरेबापतको, शो रुममा गएर बाइक रोजेबापतको र किन्नलाई बुकिङ गर्दा पाइने एक लाखसम्मको जम्माजम्मी रकम छुटका रूपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजनाबारे रिफर गरियो र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्री सर्भिसिङ प्रदान गरिने जनाइएको छ । साथै, बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ ।