site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिँदै, चैत १० सम्म कायम सेयरधनीले लाभांश पाउने  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत  लाभांश दिने प्रस्ताव गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आउँदो १४औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत २४ गते साधारणसभा बोलाएको छ ।  कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत ११ देखि २३ गतेसमम सेयर दाखिला खारेजी (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

Royal Enfield Island Ad

यस आधारमा चैत १० गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा भाग लिन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro