site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औँ वार्षिक साधारणसभाबाट आउँदो कार्यकालका निम्ति सर्वसम्मतिले अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् ।

यस्तै, प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर चुनिएका संघले जनाएको छ ।

कार्यसमिति सदस्यमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, वसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमल सिद्धार्थ वैद, सुमितकुमार वंशल र सञ्जय अग्रवाल चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिको परामर्शमा अध्यक्ष अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई सदस्यमा मनोनीत गरेका छन् ।

संघको विधानमा कार्यसमितिमा २० जना प्रत्यक्ष निर्वाचनाबाट र चार सदस्य अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । निवर्तमान र त्यसअघिका अध्यक्ष कार्यसमितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था संघको विधानमा छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro