अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा कुल चार हजार ६९७ थान विद्युतीय सवारी (ईभी) आयात गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकानुसार कार, जीप, भ्यानलगायत चार हजार ६९७ थान विद्युतीय सवारी नेपाल भित्र्याइएको हो ।
विभागका अनुसार, मंसिरमा मात्र एक हजार २१० विद्युतीय सवारी आयात गरिएको छ । पाँच महिनाको अवधिमा ११ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सवारी आयात गरिएको विभागको तथ्यांक छ ।
साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँबराबरको चार हजार ६९७ विद्युतीय सवारी आयात गरिएको तथ्यांक छ । उक्त सवारी आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १५:५५
प्रतिक्रिया दिनुहोस्