site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयकदेखि मुद्दा फिर्ता विषयमा छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शिर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बिहान बालुवाटारमा भएको भेटमा लोसपाको माग मुद्दा सम्बोधन गर्न सरकार र पार्टीबीच छुट्टै समिति बनाएर निरुपण प्रकृया अघि बढाउने सहमति भएको छ । 

भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक अघि बढाउनुपर्ने बताएका थिए । “धेरै नागरिकता पाउनबाट बञ्चित भए । जनताका छोराछोरीको नागरिकता छैन । भविष्य बनाउन पाएकन छैनन् । यो संसद्बाट चाडोँ अघि बढाउनु पर्यो,” महन्थले प्रधानमन्त्री देउवासँग भने । जवाफमा प्रधानमन्त्री देउवाले आफू विधेयक अघि बढाउने पक्षमा रहेको बताएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“बिधेयक अघि नबढाउने नै हाे । तर, हाउस त चल्न पर्यो,” देउवाको भनाइ उधृत गर्दै भेटमा सहभागी एक नेताले भने ।
यस्तै छलफलमा अध्यक्ष ठाकुरले पार्टीको माग मुद्धा कहिले सम्बोधन हुन्छ भन्दै प्रश्न उठाएका थिए ।

“मधेस आन्दोलका विषयलाई लिएर हामीले उठाएको मुद्धा अघिल्लो सरकारले अघि बढायो । त्यसलाइ निच‍ोडमा पुर्याउने भनेपछि तपाईंको  सरकारलाई हामीले समर्थन गरेका हौँ । एमसीसी पास गराउन सहयोग गरेवापत हामीलाई केही पर्दैन, त्यो राष्ट्र विकासको कुरा हो । तर, मधेस आन्दोलनको मुद्धा त अघि बढाइदिनुपर्छ,”  महन्थले  प्रम देउवासँग भने ।

Royal Enfield Island Ad

छलफलमा लोसपाले उठाएको माग सम्बोधन गर्न सरकार र पार्टी प्रतिनिधि छुट्टै बसेर प्रकृया अघि बढाउने सहमति भएको छ । 

“मधेश थरूहट आन्दोलनको केही तारेखमा भएको मुद्धा फिर्ता लिन छुट्टै समिति बनाउने सहमति भएको छ । सरकारका तर्फबाट कानुन मन्त्री तथा पार्टीबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्र शुक्ला बसेर टुंगोमा पुर्याउने र अरू विषयमा पनि छलफल गर्ने कुरा भयो,” सहभागी एक नेताले भने ।

भेटबारे लोसपा नेता डा. सुरेन्द्र झाले पनि स्पष्ट पारे । “भेट भएको हो । हाम्रा माग मुद्धाका बारेमा कुरा गरेका हौं । बैठक सकारात्मक भएको छ,” उनले बाह्रखरीसँग भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro