site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको कुन राज्यमा कसको सरकार बन्दै छ ?

काठमाडौं । भारतका पाँच राज्यमा हालै सम्पन्न विधानसभा चुनावको मतगरणा भइरहेको छ । उत्तर प्रदेश, पन्जाब, उत्तराखण्ड, मणिपुर र गोआमा विधानसभा चुनाव भएको थियो । 

चुनावको अन्तिम परिणाम घोषणा हुन बाँकी नै छ । तर, अहिलेसम्मको चुनावी नतिजाअनुसार चार ओटा राज्यमा भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ ।

पन्जाबमा आम आदमी पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित छ । उसले पन्जाबको विधानसभाको ११७ मध्ये ९२ सिटमा अग्रता कायम राखेको छ । जबकि बहुमतको लागि ५९ सिटमात्र आवश्यक हुन्छ । त्यहाँ भारतीय कांग्रेसले सत्ता गुमाउँदै छ । 

उत्तर प्रदेशमा भाजपाले ४०३ मध्ये २७० सिटमा अग्रता लिएको छ । त्यहाँ बहुमतका लागि २०२ सिट आवश्यक पर्छ । यस्तै, ७० सिट रहेको उत्तराखण्ड विधान सभामा बहुमतका लागि कम्तीमा ३५ सिट आवश्यक पर्छ । त्यहाँ भाजपाले ४८ सिटमा अग्रता कायम गरेको छ । 

यस्तै मणिपुरको ६० मध्ये ३१ सिटमा र गोआको ४० मध्ये २० सिटमा भाजपाले अग्रता कायम गरेको छ । 

यसरी पन्जाबबाहेक हाल चुनाव भएका सबै राज्यमा भाजपाको सरकार बन्ने निश्चितजस्तै छ । 

भारतीय सञ्चारमाध्यमबाट 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro