विशेष
काठमाडौं । रङको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ । बिहीबार बिहान ७ः२७ बजेको शुभसाइतमा चीर ठड्याइएको हो ।
हनुमानढोका दरबारको मूलद्वारअगाडि रंगीचंगी कपडाले सिँगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
यो वर्ष पहाडी जिल्लामा आउँदो चैत ३ गते र तराईका जिल्लामा चैत ४ गते होली मनाइँदै छ । आपसमा रंगीबिरंगी रङ दलेर शुभमकामना आदानप्रदान गर्दै यो पर्व मनाइन्छ ।
आज ठड्याइएको चीरलाई पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पुर्याई दाह गरेपछि होली समाप्त हुन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतुको सुरुवात भएको मानिन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ ०९:२९
प्रतिक्रिया दिनुहोस्