site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
पुटिन निक्सन होइनन् 

रसियन राष्ट्रपति भ्यादिमिर पुटिन गत फरबरी ४ मा चीनका राष्ट्रपति सी जिनपिङसँग गठबन्धन देखिने सम्झौतामा हस्ताक्षर गरेपछि आफूले सन् १९७२ मा भएकाे अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनकाे ऐतिहासिक बेइजिङ भ्रमण बराबरकाे उपलब्धि हासिल गरेकाे ठानेका देखिन्छन् । परन्तु, सन् १९७२ काे चीन-अमेरिका सहकार्यमा हार्ने एक्लाे साेभियत संघमात्र भएजस्तै पुटिन सी सम्झौताबाट पनि सबैभन्दा ठूलाे हरूवा रुस नै हुनसक्छ । 

निक्सनकाे भ्रमण र माओ त्सेतुङसँगकाे भेट शीतयुद्धकाे इतिहासमा महत्त्वपूर्ण क्षण थियाे । इतिहासमा क्युबाकाे प्रक्षेपास्त्र सङ्कटकाे भन्दा पनि यसले ठूलाे छाप छाडेकाे छ । त्यतिबेला रुस र चीनबीचकाे सम्बन्ध अमेरिकालगायत अधिका‌ंंश विश्वले ठानेकाे भन्दा बढी कटुतापूर्ण भएकाे थियाे ।

दुई ठूला कम्युनिस्ट मुलुकहरूबीचकाे सम्बन्ध सन् २०५६ मा साेभियत कम्युनिस्ट पार्टीकाे २० औं बैठकमा निकिता ख्रुस्चेवले स्टालिनकाे आलाेचना गर्दै वक्तव्य दिएसँगै उल्लेख्यरूपमा बिग्रन थाल्याे । त्याे वक्तव्य र व्यापकरूपमा चालिएकाे स्टालिनकाे प्रभाव मेटउने अभियानले माओलाई उत्तेजित बनायाे । एकदिन आफ्नाे पनि त्यस्तै आलाेचना हुने भयले माओले ख्रुस्चवमाथि संशाेधनवादी भएकाे आराेप लगाए ।

KFC Island Ad
NIC Asia

सैद्धान्तिक तथा नीतिगत मत भिन्नताले सन् १९६० पछि सुरु भएकाे राजनीतिक सम्बन्ध विच्छेद चरमसीमातर्फ उन्मुख भयाे । त्यसकाे ९ वर्षपछि मन्चुरिया नजिकैकाे उसुुरी नदीकाे छेउमा रुस र चीनका बीचमा सात महिना लामाे भीषण लडाइँ भएकाे थियाे । मुस्किलले पूर्ण युद्ध हुनबाट राेकिएकाे थियाे ।


चीनतर्फ लाग्दा निक्सनले विश्वका दुई ठूला कम्युनिस्ट मुलुकहरूबीचकाे वैमनस्यकाे लाभ लिन खाेजे । तर, उनी कति सफल हुनेछन् भन्ने अनुमान न निक्सनले न उनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले नै गर्न सकेका थिए । लियाेनिद ब्रेजनेवकाे मन्द र स्थिर क्रेमलिनले चीन शीतयुद्धमा अर्काे पक्षमा लागेकाे देख्याे । 

Royal Enfield Island Ad

पश्चिममा उत्तर एटलान्टिक सन्धि संगठन (नाटाे)सँग र पूर्वमा कटुतापूर्ण चीनसँग दुई माेर्चामा युद्धकाे सामना गर्नुपर्ने बिस्मार्कियन सङ्कटमा परेपछि ब्रेझेन्स्कीले अमेरिका र साेभियत संघबीच तनाव शिथिल गर्ने किसिन्जरकाे प्रस्ताव ‘देताँ’ तुरुन्तै स्वीकार गरे ।  उनले हेलसिन्की सम्झौतामा समेत हस्ताक्षर गरे र पश्चिमलाई मानव अधिकारका आधारमा साेभियत अधिनायकवादलाई चुनाैती दिनसक्नेे ठाउँ बनाइदिए ।


यस प्रसङ्गमा किसिन्जरले उनले दाबी गरेजति जस भने पाउँदैनन् । निक्सनले सन् १९६९ मा राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै चीनप्रति खुकुलाे नीति अपनाउन आह्वान गर्दै आउका थिए । जे भए पनि पुटिनले अमेरिकाकाे कूटनीतिक काैशल दाेहाेर््याएकाे ठान्न सक्छन् । चीनसँग सम्बन्ध गहिराे बनाएर पश्चिमसँगकाे आफ्नाे संघर्षमा मूल्यवान् सहयाेगी फेला पारेकाे पुटिनले ठानेकाे देखिन्छ । 


परन्तु, चीनकाे अमेरिकासँगकाे मनमुटाव एक दशकअघि नै सुरु भएकाे थियाे भने अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले झन् चर्काए । तर राष्ट्रपति जाे बाइडेनले पनि तनाव कम गर्न केही गरेनन् । पश्चिमप्रतिकाे वितृष्णा बढ्दै गरेका बेला रुसले नभएर चीनले मित्रता बढाउन चाहेकाे थियाे तर समान हैसियतकाे मित्रका रूपमा हाेइन ।

राष्ट्रिय सार्वभाैमसत्ता र भाैगाेलिक अखण्डता महत्त्वपूर्ण हाे भन्दै आए पनि चीनले युक्रेनकाे सीमामा पुटिनले खडा गरेकाे सैनिक संरचनाकाे समर्थन गरेकाे छ । यसैगरी पश्चिमले रुसकाे ‘सुरक्षा चिन्ता’लाई गम्भीरतापूर्वक लिनुपर्छ भन्दै चीनले नाटाेकाे विस्तारप्रति पनि असन्तुष्टि प्रकट गरेकाे छ । परन्तु, यसकाे अर्थ रुसकाे अमेरिका वा नाटाेसँग कुनै भिडन्त भयाे भने चीनले सघाउँछ नै भन्ने चाहिँ हाेइन ।

बरू सीले त रुसलाई घेरामा राख्न रैतीजसरी चीनमाथी निर्भर बनाए । र, सीसँगकाे साझेदारीले पश्चिमसँगकाे द्वन्द्वमा मद्दत पुग्ने ठानेर पुटिनले साेझै धरापमा पर्ने बाटो राेजे । 

रुसी अर्थतन्त्रकाे सम्बन्ध पश्चिमबाट पूर्णतः टुट्नुभन्दा चीनका लागि उत्तम अरू के हुनसक्छ र ? पश्चिमतर्फ जाने प्राकृतिक ग्यास अब ऊर्जा अभाव रहेकाे चीनतर्फ जानेछ । उपयोगका लागि पश्चिमकाे प्रविधि र लगानी चाहिने साइबेरियाकाे सबै खनिज सम्पदा चीनले पाउनेछ भने रुसमा ठूला नयाँ भाैतिक संरचनाका परियाेजना चीनका हुनेछन् ।

रुस एक्लिएपछि सीले गर्ने शाेषणका समब्न्धमा कुनै सन्देह भए सीका पूर्ववर्तीहरू हु जिन्ताओ र जियाङ जेमिनकाे व्यवहार हेरे पुग्छ । पहिले त सम्बन्ध न्यानाे देखिन्छ । पुटिनले २००१ मा चीनसँग मैत्री सन्धिमा हस्ताक्षर गरे । आर्थिकरूपमा एक्लिएकाे रुसलाई चीनले २००४ मा रुसकाे सरकारी स्वामित्वकाे कम्पनी राेसनेफ्टले युकाेस आयल कम्पनी ( पुटिन सरकारले सन् २००६ मा टाट पल्टनबाट जाेगाएकाे )काे सबैभन्दा ठूलाे उत्पादन एकाइ खरिद गर्नका लागि ६ अर्ब डलर ऋण दियाे ।

सन् २००५ मा चीनले क्रेमलिनलाई दुई देशका बीच विवाद भएकाे जमिनमध्ये अरूमा दाबी छाड्ने भन्दै ३३७ वर्ग किलाेमिटर भूमि चीनलाई सुम्पन बाध्य गरायाे । याे सम्झौताकाे युकाेस ऋणसँग प्रत्यक्ष सम्बन्ध भएकाे ठानिन्छ । परन्तु, पुटिनले चिनियाँ नेता र जनताले रुसलाई उन्नाइसाैं शताब्दीमा अरू कसैले भन्दा धेरै चिनियाँ भूभाग हडप्ने दुष्ट मुलुकका रूपमा तिरस्कार गर्छन् भन्ने यथार्थलाई उपेक्षा गरेजस्ताे देखियाे ।

दुई वर्ष पहिलेमात्रै रुसकाे ब्लागाेभेसचेन्कसबाट डुङ्गाबाट चीनकाे सानाे सहर हेइहे गएका बेला मैले याे तिरस्कार प्रत्यक्ष अनुभव गरेकाे थिएँ । स्थानीय चिनियाँ व्यापारीहरू रसियनहरू सस्ताे फोन र नक्कली भुवादारी किन्नेहरू हुन् भनेर गिल्ला गर्थे । 

चीनले रुसकाे सुरक्षाका खातिर आफ्नाे समृद्धि जाेखिममा पारेर न अमेरिकालाई प्रत्यक्ष चुनाैती दिनेछ न युक्रेन आक्रमणका कारण पश्चिमले लगाएकाे प्रतिबन्धकाे असरबाट मुक्त हुन चाहिने जति रकम रुसमा लगानी नै गर्नेछ । बरू, आफूले खडा गरेकाे रणनीतिक चुनाैतीबाट पश्चिमकाे ध्यान हटाउन रुसलाई जसाेतसाे द्वन्द्व जारी राख्नमात्र सक्नेमात्र बनाइराख्नेछ । त्याे न्यूनतम चिनियाँ सहायता पुटिनकाे सत्ता क्रमेलिनमा कायम राख्नसम्म पुग्नसक्छ । चीनकाे चासाे पनि त्यत्तिमात्र हाे । उता, क्रेमलिनका शासकले भने रुसी अर्थतन्त्रमा रगतकाे अन्तिम थाेपा रहुन्जेल पनि चुस्न छाड्नेछैनन् । 

( द न्यु स्कुलमा अन्तर्राष्ट्रिय मामिला विषयकी प्राध्यापक )

 Copyright: Project Syndicate, 2022.

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro