site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीमतीमाथि ‘एसिड’ प्रहार, श्रीमान् समातिए
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजु छन् । उनले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । श्रीमतीलाई कुटपित समेत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गुभाजुलाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डले जानकारी दिए ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement