site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ पैसाका कारण इन्धन आपूर्ति बिथोलिँदै !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लामो समयपछि पुनः इन्धन आपूर्ति बिथोलिने अवस्था सिर्जना भएको छ । नेपाल आयल निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको थियो । तर, निगम सञ्चालक समितिले पेट्रोलपम्प व्यवसायीलाई दिँदै आएको कमिसन प्रतिशतमा नभई ‘फ्ल्याट’मा दिने निर्णय गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् ।

व्यवसायीले हिजो (बिहीबार) रातिदेखि इन्धन उठाएका छैनन् । जसका कारण लामो समयपछि इन्धन आपूर्ति बिथोलिने अवस्था आएको हो ।

निगमले आफूहरूले पाउँदै आएको कमिसन कटौती गरेपछि त्यसको विरोधमा इन्धन नउठाएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निगम र व्यवसायीबीच प्रतिलिटर १५ पैसाको विषयमा कुरा नमिलेको हो ।

“निगम सञ्चालक समितिले हामीले पाउँदै आएको कमिसन काट्ने निर्णय गरेकाले त्यसको विरोधमा निगमको डिपोबाट इन्धन उठाएका छैनौँ,” अध्यक्ष प्रधानले भने ।

Royal Enfield Island Ad

उनले प्रतिशतमा नै कमिसन पाउने पहिलेको व्यवस्था लागू नगरेसम्म इन्धन नउठाउने बताए ।

निगम प्रवक्ता विनितमणि उपाध्ययले पनि व्यवसायीले इन्धन नउठाएको बताए ।

“व्यवसायीले यसअघि प्रतिलिटर प्रतिशतमा कमिसन पाउँदै आएका थिए । निगम सञ्चालक समितिले प्रतिशतमा नभई ‘फ्ल्याट’ मा कमिसन दिने निर्णय गरेपछि व्यवसायीले इन्धन उठाएका छैन,” उनले भने ।

पछिल्लोपटक निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको थियो । त्यसमा कमिसन नदिने निर्णय निगमले गरेको छ ।यसले निमगको भार प्रतिलिटर १५ पैसा कम पर्छ । सोही कारण निगम सञ्चालक समितिले यस्तो निर्णय गरेको उनले बताए ।

व्यवसायीले इन्धन नउठाए इन्धन बिक्री वितरणमा समस्या आउनसक्ने उनले बताए ।

उनकाअनुसार व्यवसायीले हिजो (बिहीबार) १२ बजेदेखि देशैभर निगमको डिपोबाट इन्धन खरिद गरेका छैनन् । तर, सरकारी पम्पहरूले भने इन्धन उठाइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro