site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

इटहरी ।  नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । 
आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन र्दिएका हुन् । 

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा तथा अन्य उच्च पदस्थ कर्मचारी छन् । 
प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो । 

इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा टोलीबाट जानकारी लिने काम भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । 


टोली वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको बताइएको छ । 

यसैगरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवसहितको टोलीले सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा बाढीले पुर्याएको नोक्सानीका विषयमा जानकारी लिन आजै अपरान्ह आइपुग्ने जानकारी सुनसरी प्रशासनले दिएको छ । रासस 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro