राजनीति
![एमसीसी पारित भएपछि खुसी छु : प्रचण्ड](https://12khari.top/uploads/posts/prachanda12khari1642596430.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएकोमा खुसी लागेको बताएका छन् । एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको उनले बताए ।
“यो पारित भएपछि निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्ने कुरा त ठूलो कुरा मान्दिनँ म,” उनले भने, “यसले कानुनी र वैधानिक बाटो प्राप्त भएको छ ।”
व्याख्यात्मक टिप्पणीले राष्ट्र एकताबद्ध भएको र जनता एक ठाउँमा आएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १५:४२
प्रतिक्रिया दिनुहोस्