अर्थ व्यवसाय
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा आधिकारिक बिक्रेताको नयाँ शो रुम सञ्चालनमा ल्याएको छ । शो रुमको कम्पनीका अध्यक्ष अरुण चौधरीले उद्घाटन गरे ।
उनले गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड भएको र यो उच्च गुणस्तरका लागि प्रख्यात रहेको बताए । उनले नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब्रिकेन्ट भएको पनि बताए ।
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईका अनुसार नयाँ उच्चस्तरीय शो रुमबाट सबै गल्फ ब्रान्डको उत्पादकहरू उपलब्ध हुनेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १३:५८
प्रतिक्रिया दिनुहोस्