राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने ।
कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बाह्रखरीलाई जानकारी दिए ।
“सबैलाई एमसीसीबारे अध्ययन गर्न फोटोकपी वितरण भएको छ । आजबाट एमसीसीको विषयमा छलफल हुन्छ,” उनले भने ।
एमसीसीको विषयमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गराउनुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले भने कुनै प्रतिक्रिया दिएका छैनन् । बैठक हिजोबाट सुरू भएको हो
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८ ०९:२२
प्रतिक्रिया दिनुहोस्