काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवामा सार्वजनिक गरेको छ । मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सीडीओ स्थनेशवर गौतमलगायतको उपस्थितिमा थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने जनाएको छ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको उल्लेख छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ ।
महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने दाबी कम्पनीको छ ।
महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्मरहेको कम्पनीले जनाएकबो छ । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको उल्लेख छ ।