विदेश
काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न स्थानमा विस्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । किभसँगै क्रामातोर्स्क र दोनेत्स्क क्षेत्रमा विस्फोटनको आवाज सुनिएको हो ।
किभमा पाँच/छवटा बम विस्फोटनको आवाज सुनिएको बीबीसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले किभको मुख्य विमानस्थलनजिकै गोली प्रहारको आवाज सुनिएको जनाएका छन् ।
यसैबीच, युक्रेनको सिमानानजिकै दक्षिण–पश्चिम रुसको बेल्गोरोद प्रान्तमा पनि विस्फोटनको आवाज सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
युक्रेनी र रुसी फौजबीचको भिडन्त ‘अवश्यम्भावी’ : पुटिन
युक्रेनी राष्ट्रपतिद्वारा रुसी जनतालाई युद्ध रोक्न आग्रह
विश्वले रुसलाई जवाफदेही बनाउनेछ : बाइडेन
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ ०९:५६
प्रतिक्रिया दिनुहोस्