site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वले रुसलाई जवाफदेही बनाउनेछ : बाइडेन
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वले रुसलाई जवाफदेही बनाउने बताएका छन् । युक्रेनको पूर्वी भागमा सैन्य कारबाही गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाका बारेमा प्रतिक्रिय दिँदै उनले यस्तो बताएका हुन् ।

बाइडेनले यसलाई ‘रुसी सैन्य बलद्वारा गरिएको अकारण र अनुचित आक्रमण’ भनेका छन् । पूरा विश्वको प्रार्थना युक्रेनका जनताको पक्षमा रहेको उनको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्ध रोजेका छन्, जसले जीवनको विनाशकारी क्षति र मानवीय पीडा ल्याउनेछ,” उनले भने, “यस आक्रमणले ल्याउने मृत्यु र विनाशका लागि रुस एक्लै जिम्मेवार छ र संयुक्त राज्य अमेरिका र यसका सहयोगी र साझेदारहरूले एकजुट र निर्णायक रूपमा जवाफ दिनेछन् । विश्वले रुसलाई जवाफदेही बनाउनेछ ।”

बाइडेनले रुसले भोग्नुपर्ने नतिजाबारे बिहीबार अमेरिकीहरूलाई सम्बोधन गर्ने बताएका छन् । उनले ह्वाइट हाउसबाट परिस्थितिको अनुगमन गर्ने र रुसका लागि ‘थप परिणामहरू’ घोषणा गर्नुअघि जी७ नेताहरूसँग छलफल गर्ने बताए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro