अर्थ व्यवसाय
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले पुःन रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ ।
ईसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको थियो । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले नजिकका साथीहरूलाई ईसेवाप्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफरअन्तर्गत रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।
यस्तै, ईसेवामा न्यूनतम १०० रुपैयाँ रकम लोड गर्दा पाँच रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ रुपैयाँ आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।
रिवार्ड प्राप्त गर्नका लागि रिफर लिंक आएको सात दिनभित्र सोही लिंक क्लिक गरी आग्रह – रिफर स्वीकार गर्नुपर्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८ १६:०१
प्रतिक्रिया दिनुहोस्