अर्थ व्यवसाय
काठमाडौं । सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरूलाई अझ बढी प्रभाकारी बनाउन सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोबाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरूको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको जनाइएको छ ।
अब गरिने स्तरोन्नती पछि बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरूको उपयोग गर्न सक्ने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८ १६:५२
प्रतिक्रिया दिनुहोस्