site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो हो नेपालमै उत्पादित क्यान्सरको औषधि ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक ‘क्यान्सर’को औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ । नेपाली औषधि उत्पादक कम्पनी टिजिग फार्मा प्रालिले स्पाइनललगायतका क्यान्सरकाे उपचारमा प्रयाेग हुने ती प्रकारका औषधिको उत्पादन तथा वितरण सुरु गरेको हो ।

औषधि व्यवस्था विभागकाअनुसार टिजिग फार्मा नेपालमा क्यान्सरको औषधि उत्पादनका लागि अनुमति पाउने पहिलो नेपाली कम्पनी हो ।

कस्तो छ नेपालमै उत्पादित क्यान्सरको औषधि ?
हाल नेपालमै उत्पादन भएको क्यान्सरको औषधि ट्याब्लेट र क्याप्सुलका रूपमा बजारमा आएको छ । टिजिग फार्माका कार्यकारी निर्देशक शैलेस वैद्यकाअनुसार इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने कम्पनीको योजना छ । सकेसम्म बढी प्रकारका क्यान्सरविरुद्ध प्रयोग हुने औषधिहरू उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको पनि वैद्य बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सो औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ, मेसिन, उपकरण आदिका लागि भने भारतको एसपी एक्युर ल्याब (एसपीएएल)सँग सहकार्य गरिएको र औषधि उत्पादन गुणस्तर नियन्त्रणका लागि समेत एसपीएएलका प्राविधिकहरूको नियमित उपस्थिति रहेको वैद्यको भनाइ छ । 

स्वदेशी उत्पादनले कति राहत ? 
टिजिग फार्माले हाललाई क्यान्सरको उपचारमा प्रयोग हुने तीनवटा औषधिका लागि मात्रै औषधि व्यवस्था विभागको अनुमति पाएको छ । विभागका प्रवक्ता सन्तोष केसीकाअनुसार क्यान्सरको उपचारमा प्रयोग हुने अन्य औषधिका लागि पनि टिजिग फार्माले अनुमति प्रक्रिया अघि बढाएको छ । प्रक्रिया पूरा हुनासाथ सो कम्पनीलाई अन्य प्रकारका औषधि उत्पादनको अनुमति दिइनेछ । हाललाई नेपाली बजारलाई लक्षित गरी उत्पादन गरिएका औषधि निर्यातका लागि टिजिगले थप एउटा औषधि निर्यातका् अनुमतिसमेत पाइसकेको निर्देशक वैद्यले जानकारी दिए ।

Royal Enfield Island Ad

क्यान्सरबारे अध्ययन गर्ने विश्व स्वास्थ्य संगठनको संस्था ग्लोबोक्यानकाअनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी क्यान्सरका रोगी थपिने गरेका छन् भने १३ हजार जनाको मृत्यु हुने गरेको छ । औषधि व्यवस्था विभागकाअनुसार नेपालमा हाल क्यान्सको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधिले प्रयोग अनुमति पाएका छन् । ती औषधि भारत र बंगलादेश र तेस्रो मुलुकबाट आयात हुने गरेको विभागका प्रवक्ता केसी बताउँछन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे क्यान्सरको औषधि नेपालमै उत्पादन सुरु हुनुलाई स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउँछन् । पछिल्लोपटक क्यान्सरको औषधि उत्पादन हुनुले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको पाण्डे बताउँछन् ।

वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. मदनकुमार पियाले प्रविधि र लगानी भित्र्याई स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन हुनु नेपालीका लागि आशाको किरण भएको र टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । 

स्वदेशमा उत्पादित औषधिको मूल्य कस्तो छ ?
कम्पनीका कार्यकारी निर्देशक वैद्य टिजिग फार्माबाट उत्पादन हुने एन्टीक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने बताउँछन् ।

"स्वदेशमै उत्पादन भएको हिसाबले केही न केही सस्तो नै पर्छ," उनी थप्छन्, "हामीले अहिले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हट्नेछ । उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौँ । अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ । औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन," उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro