देश
काठमाडौं । चारवटा ढलोटको मूर्ति बोकेर हिँडिरहँदा दुईजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार काठमाडौंको स्वयम्भूबाट तीनवटा गणेशको मूर्ति र एउटा बुद्धको मूर्ति साथमा लिएर हिँडिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र रसुवाका १८ वर्षीय रमेश बागदास छन् ।
‘‘ज्याकेटभित्र मूर्ति लुकाएर हिँडिरहेको अवस्थामा पक्राउ गरेका हौँ । उनीहरूबारे थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता मैनालीले भने
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ १४:४६
प्रतिक्रिया दिनुहोस्