site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालापानी, लिपुलेक क्षेत्रमा भारतका २५ सय बढी सुरक्षाकर्मी तैनाथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले २५ सय बढी सुरक्षाकर्मी तैनाथ गरेको पाइएको छ । कालापानी, लिपुलेक, गुन्जी, नाबिलगायतका क्षेत्रमा भारतले सो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको पाइएको हो ।

नेपाली सुरक्षा अधिकारीलाई प्राप्त जानकारीअनुसार कालापानी क्षेत्रमा मात्रै ६ सय जना सैनिक खटाएको पाइएको छ । उनीहरु सबै सुविधासम्पन्न भवनमा बस्दै आएका छन् ।

भारतीय सेनाबाहेक सीमा सुरक्षा बल (एसएसवी), तिब्बत सीमामा छुट्टै फौज खटाइएको छ । नेपालको दार्चुलादेखि कालापानी क्षेत्रसम्म दर्जनौं भारतीय सीमा सुरक्षा क्याम्प रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको नक्सामा कालापानी, लिपुलेकको भू–भाग समेटिए पनि उपभोग भने भारतले नै गर्दै आएको छ । कालापानी क्षेत्रमा नेपाली नागरिकलाई प्रवेशसमेत रोक लगाइएको छ । नेपालका सरकारी अधिकारी समेत सो क्षेत्र पुग्न सकेका छैनन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार सो क्षेत्र भारतीय सुरक्षा फौजको कब्जामा रहेकाले नेपालको उपस्थिति हुन नसकेको बताउँछन् ।

Global Ime bank

उनले भने,“हामीले माथिल्लो निकायलाई जानकारी दिइरहेका छौं । जिल्ला तहबाट यो समाधान हुने कुरा होइन । केन्द्र सरकारकै पहलबाट हुने कुरा हो ।”

भारतले कालापानीसम्मै सुरक्षा फौजको उपस्थिति राखेको भए पनि नेपालतर्फ भने छाङरुसम्म मात्रै सुरक्षा निकायको उपस्थिति छ ।

कालापानी, लिपुलेक व्याँस गाउँपालिकामा पर्छ । अन्य समयमा तिंकरसम्म प्रहरी तैनाथ हुने भए पनि अहिले मौसम प्रतिकूलताका कारण प्रहरी सो क्षेत्रबाट छाङरु सर्ने गर्दछन् । सो क्षेत्रमा अहिले बाक्लो हिउँ छ ।

यसअघि दार्चुलाको माथिल्लो क्षेत्रमा थोरै संख्यामा प्रहरी मात्रै रहे पनि गत वर्षदेखि छाङरुमा सशस्त्र प्रहरीको गुल्म बस्दै आएको छ । सशस्त्र प्रहरीलाई पनि भारतीय सुरक्षा फौजले कालापानी क्षेत्रमा गस्ती जानबाट रोकेका थिए ।

गत जेठमा नेपालको प्रतिनिधि सभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा र निशान छाप पारित गरेको थियो ।

सन् १९६२ चीनसँगको युद्धको समयदेखि नेपाली भूमि कालापानीमा भारतले कब्जा जमाउँदै आएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा मात्र नेपालको ३७२ वर्ग किमी जमीन भारतको कब्जामा छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement