site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको आग्रह– फागुन २ को संसद बैठक स्थगित गरौँ 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी फागुन दुई गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ । 

सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेवुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २ गतेका लागि बैठक तोकेका थिए । 

Dabur Nepal
NIC Asia

तर, असोज ३ गते यता लगातार संसद अवरोध गरिरहेको र संसदको सबैभन्दा ठूलो पार्टीले नै संसद बैठक स्थगित गर्न माग गरेपछि सभामुख अप्ठेरोमा परेका छन् । 

नेकपा एमालेले फागुन २ गते नै प्रदेशस्तरीय भेला राखेका कारण त्यसदिन बैठक नराख्न संघीय संसद प्रतिनिधिसभाका सचिवालयका सचिव गोपालनाथ योगीलाई आग्रह गरिसकेको छ । 

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न सचिवमार्फत् आग्रह गरेका हुन् । “नेकपा एमालेको स्थानीय तह परिचालन विभाग र स्कुल विभागले फागुन २ गते विराटनगरमा भेला आयोजना गरेको छ, त्यसमा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु सहभागी हुने भेलामा प्रदेशभित्रका सबै सांसदहरु पनि सहभागी हुनुपर्ने छ ।” उनले त्यो कार्यक्रम एकदमै महत्वपूर्ण भएकाले त्यसदिनको संसद् बैठक सारिदिन आफुले आग्रह गरेको बताए । 

संसद सचिवालयले एमालेलाई सभामुखलाई जानकारी गराएपछि बैठक सर्ने नसर्ने विषयमा जानकारी दिने बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro