site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किशोरीलाई गर्भवती बनाएको आरोप लागेका युवकले पाए सफाइ

जनकपुरधाम । किशोरीलाई गर्भवती बनाएको आरोप लागेका एक जनाले सफाइ पाएका छन् । जिल्ला अदालत धनुषामा आज भएको अन्तिम सुवाइमा धनुषा महेन्द्रनगरका २४ वर्षीय शिवराज श्रेष्ठले सफाइ पाएका हुन् ।

उनीमाथि महोत्तरी जलेश्वरकी १८ वर्षीया एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेको थियो ।

न्यायाधीश पशुराम भट्टराईको एकल इजलासले आज संक्षिप्त आदेश दिँदै श्रेष्ठलाई सफाइ दिएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनकाअनुसार जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादवले बहस गरेकी थिइन् । प्रतिवादीको तर्फबाट श्याम कुमारी मिश्र र प्रदीप मिश्रले बहस गरेका थिए ।

अधिवक्ता यादवकाअनुसार अदालतले जाहेरवालाको बकपत्र र जाहेरी बाझिएको, जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन, किस्ट हस्पिटलको मेडिकल रिपोर्टबाट अभियोग दाबी पुष्टि हुन नसकेको ठहर गरेको छ । 

पीडित किशोरी आज काम विशेषले अदालतमा उपस्थित हुन सकेकी थिइनन् । उनले आजको पेसी स्थगित गर्न आफ्ना वकिलमार्फत् अपील गरेकी थिइन् । तर, न्यायाधीश भट्टराईले आरोपित थुनाभित्र रहेको भन्दै स्थगित गर्न मानेनन् । अहिलेसम्म उक्त मुद्दाको पेसी एकपटक मात्र स्थगित भएको थियो ।

किशोरी गर्भवती भएपछि फरार रहेका भनिएका शिवराज गत भदौ १८ गते कानुन व्यवसायीमार्फत दुई वर्षपछि अदालतमा हाजिर भएका थिए । दुई वर्षअघि शिवराजले ती किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको थियो । बलात्कारपश्चात् गर्भ बसेको किशोरीको आरोप थियो ।

ती किशोरी ०७६ मंसिरमा गर्भवती भएकी थिइन् । त्यसको दुई महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको थियो । ०७७ भदौ ५ गते परोपकारी संस्थाको रेखदेखमा किशोरीले छोरालाई जन्म दिएकी थिइन् । अहिले उनको छोरा डेढ वर्षको भइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro