site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सांसदको प्रस्ताव–'कुलिङ पिरियड' दुई वर्ष राखौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्मचारीले राखेका नौबुँदे मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकबारे उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद थानीले कर्मचारीले उठाएको ट्रेड युनियनको विषय पेचिलो रहेको बताए ।

राजनीतिक कर्मचारीबीच हुने साँठगाँठ रोक्न 'कुलिङ पिरियड' राखिएकाले यसलाई कम्तीमा दुई वर्ष बनाउनुपर्ने उनको धारणा छ ।

"राजनीतिक कर्मचारीबीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? एउटै मापदण्ड तयार गरौँ । कतै एक वर्ष, कतै दुई वर्ष राखिएको छ । कुरा उही हो, सबैलाई एउटै गरौँ," उनले भने ।

उनले गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडि नै बिदा दिन सकिने व्यवस्था राख्न पनि प्रस्ताव गरे । अतिरिक्त सचिव आवश्यक नरहेको उनको भनाइ छ ।

"अतिरिक्त सचिव नराख्दा पनि हुन्छ । दिने हो ऐनमा नै व्यवस्था गरौँ, कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौँ," सांसद थानीले भने । उनले अहिले हजारौँ शिक्षक सडकमा रहेको आगामी दिनमा कर्मचारी सडकमा आउने अवस्था रोक्नुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro