काठमाडौं । भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा भित्रिएको छ । अफ द रोड अर्थात ओटीआर टायर भित्रिएको हो । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे ।
डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले नेपाली ग्राहकको चाहना अनुरूपका विश्व स्तरीय टायरहरू उपलब्ध गराउँदै आएको बताए । यसैको निरन्तरताको रूपमा एसेन्सो ब्रान्ड भित्र्याएकाउ उनले बताए ।
यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ ।
भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ ।
भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन रहेको र हाल ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित रहेको जनाइएको छ ।