site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुकुम्बासीसँग रकम ठगी गर्ने दुईजना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनेर सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी छन् ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छौं, फाराम भर्नुपर्छ भनी पैसा असुल गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न ब्यक्तिहरुको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थानसमेत प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय दिई जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu