काठमाडौं । साहित्यकार तथा व्यवसायी रामकाजी कोनेले मुक्तक दिवसको अवसर पारेर मुक्तक विधामा दुईवटा सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
मुक्तक विधामै समर्पित रहेका कोने नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि हुन् । प्रतिष्ठानले आयोजना गरेको भर्चुुअल कार्यक्रममा अध्यक्ष कोनेले प्रतिष्ठाका सल्लाहकारत्रय स्व. कृष्णप्रसाद पराजुली, स्व. रत्नशम्सेर थापा र स्व. चेतन कार्कीको स्मृतिमा ५१ हजार रुपैयाँ राशिको ‘नेपाल मुक्तक पुरस्कार’ र आदि मुक्तककार ‘भीमदर्शन रोका मुक्तक सम्मान’को घोषणा गरेका हुन् । उक्त सम्मानका साथ ३१ हजार नगद राशि प्रदान गरिने जनाइएको छ ।
प्रतिष्ठानका अध्यक्ष कोनेले आफू केवल मुक्तक विधामै प्रतिबद्ध रहेको र अग्रजको सम्मानका लागि स्मृतिस्वरूप सम्मान र पुरस्कारको स्थापना गरेको बताएका छन् ।