site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका १० जना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्वमा सामाजिक सञ्जालको प्रयोग निरन्तर बढ्दै गएको छ । सामाजिक सञ्जालमध्ये ट्विटर विश्वका नयाँनयाँ ट्रेन्डबारे अपडेट गराउने माध्यमका रूपमा चर्चित छ । उपलब्ध विभिन्न सामाजिक सञ्जालहरूमध्ये ट्विटरलाई 'ट्रेन्डिङ ह्यान्डल' भन्दा पनि फरक नपर्ला ।

फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा भएका फलोअर्सको संख्यालाई कुनै पनि व्यक्तिको व्यक्तित्वसँग जोडेर हेरिन्छ । आज हामीले विश्वमा ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएका १० जना व्यक्तित्वहरूको सूची तयार पारेका छौँ । यो सूची शुक्रबार (जनवरी २८, २०२२) सम्मको विवरणका आधारमा तयार पारिएको हो । 

१. बाराक ओबामा 
शीर्ष १० सूचीको पहिलो स्थानमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा उर्फ बाराक हुसेन ओबामा पर्दछन् । उनकै नामको ट्विटर ह्यान्डलम १३ करोड ६ लाख ६९ हजार १४८ फलोअर्स छन् । उनको अकाउन्टबाट ५ लाख ८६ हजार ७७४ फलोइङ छ । यसका साथै उनले अहिलेसम्म १६ हजार ३०० बढी ट्विट गरिसकेका छन् । अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाले सन् २००९ देखि २०१७ सम्म कार्यकाल सम्हालेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

२. जस्टिन बिबर 
ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका दोस्रो सेलिब्रेटीमा क्यानडियन गायक जस्टिन बिबर रहेका छन् । ट्विटरमा उनका ११ करोड ४२ लाख ६० हजार ९०७ फलोअर्स छन् । जस्टिन बिबर नामको उनको ट्विटल ह्यान्डलबाट अहिलेसम्म ३१ हजार ४०० बढी ट्विट भइसकेको छ । उनको अकाउन्टबाट दुई लाख ८५ हजार ४४७ लाई फलो गरिएको छ ।

यसका साथै उनी संसारकै सबैभन्दा धेरै फलोअर्स भएका पहिलो म्युजिसियन पनि बनेका छन् । 

Royal Enfield Island Ad

३. केटी पेरी 
यो सूचीको तेस्रो स्थानमा अमेरिकन गायिका केटी पेरी छिन् । वास्तविक नाम क्याथरीन एलिजाबेथ हडसन रहेकी उनलाई विश्वले केटी पेरीको नामले नै चिन्दछ । 

उनलाई १० करोड ८७ लाख ८० हजार ९५८ अकाउन्टबाट फलो गरिएको छ । उनको अकाउन्टबाट भने २३६ जनालाई मात्रै फलो गरिएको छ । गायिका पेरीले हालसम्म ११ हजार ५ बढी ट्विट गरेकी छन् ।

सबैभन्दा बढी फलोअर्स भएको सूचीको शीर्ग ३ मा परेकी पेरी सबैभन्दा धेरै फलोअर्स भएकी महिलाको सूचीमा भने पहिलो स्थानमा छिन् । 

४. रिहाना 
शीर्ष १० मा चौथो नम्बरमा पुन: गायिका नै परेकी छन् । रिहाना १० करोड ४२ लाख ६१ हजार ९६७ फलोअर्ससहित शीर्ष ४ मा परेकी हुन् । 

रिहान नामकै उनको ट्विटर ह्यान्डलबाट हालसम्म ९९५ लाई फलो गरिएको छ भने १० हजार ६ सय ट्विट गरिएको हो ।

गत वर्षको नोभेम्बर अन्तिममा उनलाई उनकै जन्मभूमि बार्बेडोसमा ‘हिरा’ संज्ञा दिँदै सम्मान गरिएको थियो । 

५. क्रिस्टियानो रोनाल्डो 
शीर्ष १० सूचीको पाँचौँ स्थानमा खेलकुद् विधाका लोकप्रिय खेलाडी परेका छन् । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई ९ करोड ६९ लाख ९७ हजार ६३ अकाउन्टबाट फलो गरिएको छ । उनको अकाउन्टबाट भने जम्मा ६० जनालाई फलो गरिएको छ । रानोल्डोले अहिलेसम्म ३ हजार ७६२ वटा ट्विट गरिसकेका छन् । 

६. टेलर स्विफ्ट 
अमेरिकन गायिका टेलर एलिसन स्विफ्ट उर्फ टेलर स्विफ्ट ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका शीर्ष १० को छैटौँ नम्बरमा परेकी छन् । टेलरका ८ करोड ९९ लाख ४५ हजार ६३२ फलोअर्स छन् भने फलोइङ शून्य छ । उनको अकाउन्टबाट जम्मा ७१६ ट्विट मात्र भएको छ । 

७. लेडी गागा
लेडी गागाको नामले परिचित अमेरिकन गायिका स्टेफनी जोआन एन्जेलिना जर्मनोटा सबैभन्दा बढी ट्विटर फलोअर्स भएको सूचीको सातौँ स्थानमा छिन् । लेडी गागाकै नामको उनको अकाउन्ट ह्यान्डललाई ८ करोड ४१ लाख ६२ हजार ४९७ ट्विटर प्रयोगकर्ताले फलो गरेका छन् । उनको अकाउन्टबाट १ लाख १८ हजार ५०१ लाई फलो गरिएको छ । गागाले अहिलेसम्म ९ हजार ७१९ ट्विट गरिसकेकी छन् । 

यो स्थानमा पहिले पूर्व अमेरिकन राष्ट्रपति डोनाल्ड जोन ट्रम्प थिए । तर उनको रियल डोनाल्ड ट्रम्प नामको आधिकारिक ट्विटर ह्यान्डललाई ट्विटर सधैँका लागि बन्द गर्दिसकेको छ । 

ट्रम्पको निलम्बनपछि पनि यो सूचीमा आँठौँ बाट झरेर सातौँमा अमेरिकन पप गायिका एरियाना ग्रान्डे पर्थिन् । तर उनले पनि गत वर्षको क्रिसमसमा आफ्नो आधिकारिक ट्विटर ह्यान्डल डिलिट गरिदिइन् ।

अहिले फेरि एरियाना ग्रान्डे टुड नामबाट नयाँ ट्विटर ह्यान्डल खोलिएको देखिन्छ । 

८. ऐलेन डिजेनेरस
ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका शीर्ष १० को सूचीमा ऐलेन ली डिजेनेरस उर्फ ऐलेन डिजेनेरस आठौँ स्थानमा छिन् । द एलेन शोकी होस्ट डिजेनेरसको ट्विटर ह्यान्डलमा ७ करोड ७६ लाख ३८ हजार र १७ फलोअर्स अनि २६ हजार ४३७ फलोइङ छ । उनले २३ हजार ५ सय ट्विट गरिसकेकी छन् । 

९. नरेन्द्र मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्विटरमा सबैभन्दा धेरै फलोअर हुनेहरूको शीर्ष १० को नवौँ स्थानमा छन् । नरेन्द्र मोदी नामक उनको आधिकारिक ट्विटर ह्यान्डललाई ७ करोड ५२ लाख ४४ हजार ७८४ अकाउन्टले फलो गरेका छन् । उनको अकाउन्टबाट भने २ हजार ४३१ लाई फलो गरिएको छ । उनले ३१ हजार ८०० ट्विट गरिसकेका छन् ।

मोदी सन् २०१४ देखि भारतको प्रधानमन्त्रीको पद सम्हालिरहेका छन् । भारतीय सेलिब्रेटीहरूलाई पनि उछिन्दै मोदी शीर्ष १० को सूचीमा परेका हुन् । 

१०. किम कार्दसियन वेस्ट
ट्विटरमा संसारका सबैभन्दा धेरै फलोअर्स भएका उत्कृष्ट १० व्यक्तित्वहरूमध्ये १०औँ स्थानमा अमेरिकन मिडिया पर्सनालिटी किम कार्दसियन वेस्ट छिन् ।

उनको ट्विटर ह्यान्डलमा ७ करोड १० लाख ४३ हजार ६३५ फलोअर्स छन् । त्यस्तै अहिलेसम्म ३५ हजार १०० ट्विट गरिएको उनको ह्यान्डलबाट १२४ लाई फलो गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro