site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० नेपालमा, चालक नबसेसम्म स्टार्ट नहुने !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । छोटो दुरीका लागि उपयोगी मानिएको अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटको इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरिएको छ ।

सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरूको उत्पादनका लागि प्रख्यात छ ।

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेता पनि विगतका वर्षहरूमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको कम्पनीले जनाएको छ । विषेश गरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट उत्कृष्ट रहेको जनाइएको छ । “नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस यस विधामाउत्कृष्ट प्रमाणित गर्दै आएको छ,” कम्पनीले भनेको छ ।   

KFC Island Ad
Dabur Nepal
NIC Asia

सेगवे नाइनबोटको लागि नेपालमा आइहव प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हव प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्द्धन गर्ने उद्देश्यले आयात गरेको बताए ।  

यी स्कुटर माघको तेस्रो हप्ता देखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध रहने जनाइएको छ । आगामी दिनमा सोही ब्रान्डको अन्य स्कुटर पनि ल्याउने जनाएको छ ।

Royal Enfield Island Ad

यस्ता छन् विशेषता

उत्कृष्ट सुरक्षाका सुविधाहरूको साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन ।

सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुई वटा बटनहरू छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।

सिट कुसनको तल्लो भागमा रहेको २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट वा १३ इन्चको ल्यापटप अट्ने ब्याग वा सोही भोल्युमको वस्तुहरू राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ ।

नाइनबट ई–स्कुटर ई–१०० चार भिन्न आकर्षक रंगहरूमाउपलब्ध रहेको छ । कालो, सेतो, नीलो र रातो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । विद्युतीय सवारी साधन भएपनि इ–१०० को तौल ८० केजी रहेको जनाइएको छ ।

यसमा छ वटा लेन्स सहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रूपमा वातावरणीय प्रभावअनुसार प्रकाश फ्याल्दछ ।

यो ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्रीलगायत विशेषता रहेको जनाइएको छ ।

सेगवे ई–१०० को नेपाली मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro