राजनीति
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज पनि जनकपुरधाममा प्रदर्शन जारी राखेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्रनजिकै उनीहरूले प्रदर्शन गरेका हुन् । ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै नाराबाजी गरिएको थियो ।
प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरूलाई तितरवितर पारेको छ । पाँच सेल अश्रुग्यास प्रहार गरिएको बताएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्