पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । यहाँ तीन क्लस्टरका ६ उमेदवारहरू चुनावी मैदानमा छन् ।
गण्डकीमा ८५ स्थानीय तहका १७० जनप्रतिनिधि र ५९ प्रदेशसभा सदस्यसहित कुल २२९ मतदाता छन् । पोखरास्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सत्तारूढ गठबन्धनका तर्फबाट महिला क्लस्टरमा नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा नेकपा (माओवादी केन्द्र)का सुरेश कुमारआलेमगर र दलित क्लस्टरमा माओवादी केन्द्रकै भुवनबहादुर सुनार उमेदवार छन् ।
प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट अन्यमा पुण्यप्रसाद पौडेल, दलित क्लस्टरमा अर्जुनकुमार सुनाम र महिलामा लीला थनेत उमेदवार छन् ।