देश
काठमाडौं । भक्तपुरमा निसासिएर तीनमहिने शिशुको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चास्थित जस्ताले छाएको घरमा गिगत दुई वर्षदेखि डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको हो ।
हिजो बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा अभिषेकसहित उनकी श्रीमती पसुना तामाङ र शिशु अचेत अवस्थामा फेला परेका थिए ।
उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा तीनमहिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । अभिषेक र उनकी श्रीमतीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १२:४३
प्रतिक्रिया दिनुहोस्