देश
![बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल](https://12khari.top/uploads/posts/Debendra Paudel1642685455.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही अघि बढाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै विद्यार्थीहरूले शिक्षा मन्त्रीसँग छलफल गरेका थिए । मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मनत्रालयसँग छलफल भइसकेको र कारबाही गरेरै छाड्ने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८ १९:१६
प्रतिक्रिया दिनुहोस्