site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रेखोला पुल : आठ वर्षमा ८० प्रतिशत काम
Tiktok banner adTiktok banner ad

दाङ । लामो समयदेखि निमार्णाधीन रहेको घोराही–तुलसीपुर सडकखण्डमा पर्ने दाङको पत्रेखोला पुल निर्माणको काम अझै सकिएको छैन ।

दुई वर्षभित्र पुल निर्माणको काम सक्ने गरी ०७१ असोज ११ गते शंकरमाली निर्माण सेवा प्रालिले ठेक्का पाएको थियो । तर, पटक–पटक म्याद थप गर्दा पनि अझैसम्म निर्माण पूरा भएको छैन ।

पत्रेखोलामा पुल नहुँदा जिल्लावासीसँगै दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रु सास्ती भोग्न बाध्य छन् । हालसम्म उक्त पुलको काम ८० प्रतिशत पूरा भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमिर सुवेदीले बताए ।

सूचना अधिकारी सुवेदीका अनुसार एक महिनाभित्रमा पुलबाट गाडी सञ्चालन गर्ने गरी काम भइरहेको छ । “अबको एक महिनाभित्रमा पुलमाथिबाट गाडी सञ्चालनमा ल्याउने गरी पुल आसपासमा झाली भर्ने काम भइरहेको छ । झाली भरिसकेपछि फिलिङको काम हुन्छ । त्यसपछि गाडी सञ्चालनमा ल्याउने गरी काम गर्न ठेकेदारसँग कुरा भएको छ,” उनले भने ।

छिटोभन्दा छिटो पुल निर्माणको काम सक्न ठेकेदारलाई भनिएको उनले बताए । करिब चार करोड रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।

पत्रेखोला पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण सेवाका प्रमुख पदमराज शर्मा दाङका स्थानीय वासिन्दा हुन् । उनी आफू पनि सोही सडकखण्ड भएर ओहोरदोहोर गर्छन् । तर, पुल निर्माणमा तदारुकता देखाएनन् । पुल निर्माणको काम के कति भएको छ भनेर बुझ्न खोज्दा फोन सम्पर्कमा समेत आउन चाहेनन् ।

दबाब दिन मिल्दैन : प्रमुख जिल्ला अधिकारी
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पत्रेखोला पुल निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको बताए । सडक विभागसँग बुझ्दा चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद छ भनेकाले आफूले निर्माण व्यवसायीलाई दबाब दिन नसकेको उनले बताए ।

“माघ÷फागुन महिनासम्म प्रतीक्षा गरौँ । निर्माण सम्पन्न गर्ने म्याद चैत मसान्तसम्म हो, सडक विभागले भनेको छ । त्यसैले अहिले नै कुनै दबाब दिन मिल्दैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro