site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोरोनाको जोखिम बढेपछि सर्वोच्चको सेवामा कटौती
SkywellSkywell

काठमाडौं । कोरोनाको जोखिम बढेपछि सर्वोच्च अदालतले दिँदैआएको सेवामा कटौती गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिँदै आएका सेवाहरूमा कटौती गरेको हो ।

आज बसेको बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।उनकाअनुसार सर्वोच्चको फुलकोर्टको बैठकले अन्य नियमित सेवा दुई हप्ता अर्थात् माघ १८ गतेसम्म संकुचन गर्ने निर्णय गरेको छ ।

Dabur Nepal
NIC Asia

जसअनुसार सर्वोच्च अदालतले भोलिदेखि बन्दी प्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गर्ने छ । यसैगरी मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र निर्णय सुनाउन बाँकी रहेका मुद्दाको सुनुवाइ लगायतका काम मात्र नियमित गर्ने निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालले अदालतमा अनावश्यक भिडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासन र मातहतका अदालतलाई निर्देशन दिएको जानकारी दिए ।

प्रवक्ता दाहालकाअनुसार सर्वोच्चका न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जना र देशभरका अदालतमा गरी सय जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro