site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो त्रैमासिक रिपोर्टअघि वाणिज्य बैंकतर्फ लाग्दै सेयर लगानीकर्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावका बीच दोहोरो अंकको गिरावट भएर बन्द भएको छ ।

मंगलबार बजार परिसूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ भने बढेको छ । सेन्सिटिभ इन्डेक्स १.१० अंकले बढेर ५४७.४७ अंकमा पुगेको छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित होटेल तथा पर्यटन, अन्य र म्युचुअल फन्ड उपसूचकमा वृद्धि भएता पनि बिमा, हाइड्रोपावर, लघुवित्त, वित्त कम्पनी र विकास बैंक उपसूचमा गिरावट हुँदा नेप्सेमा समान्य गिरावट भएको हो । बैंकिङ, होटेल तथा पर्यटन, अन्य र म्युचुअल फन्ड उपसूचक १ प्रतिशतभन्दा माथिले बढेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यता, विकास बैंक उपसूचक २.४७ प्रतिशत र वित्त कम्पनी उपसूचक  २.६१ प्रतिशत, व्यापार उपसूचक २.६३ प्रतिशत, लगानी उपसूचक २.३८ प्रतिशत, उत्पादनमूलक उपसूचक २.३९ प्रतिशतले गिरावट हुँदा जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त उपसूचक १ प्रतिशतमाथिले गिरावट भएको छ ।

दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा रहेका केही वाणिज्य बैंकहरूले उत्कृष्ट विवरण सार्वजनिक गर्ने देखिँदा वाणिज्य बैंकको  सेयरमा लगानीकर्ता लोभिएका छन् । प्रभु बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नेपाल एसबिआई  एनएमबीलगायत बैंक लगानीकर्ताको  रोजाइमा परेको छ ।

Royal Enfield Island Ad

बजार परिसूचकमा करेक्सन भए पनि कराोबार रकम भने साढे ८ अर्बनजिक पुगेको छ । आज बजारमा १ करोड  ६० लाख ४ हजार ५३० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख २० हजारको कारोबार भएको छ ।

आज पनि बजारमा लगानीकर्ताको रोजाइमा जलविद्युत् कम्पनी नै अगाडि रहेका छन् । अपी पावरको सर्वाधिक २८ करोडको सेयर कारोबार हुँदा  अरुण भ्याली हाइड्रोपावरको करिब २६ करोड र नेपाल दूरसञ्चार कम्पनीको २५ करोडभन्दा माथिको सेयर कारोबार भयो ।

आज नेप्सेमा कुल १८९ कम्पनीको सेयर कारोबारमा आउँदा ४५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । यस्तै, १४१ कम्पनीको  सेयर मूल्यमा गिरावट भएको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबार भएका मध्ये सामलिङ पावरको सेयर मूल्य ९.४९ प्रतिशत, मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ८.११ प्रतिशत, बुद्धभूमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र वरुण हाइड्रोपावरको सेयर मूल्य ४.६६ प्रतिशतले वृद्धि भएको छ ।

यता, मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ५ प्रतिशतले गिरावट हुँदा  कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको  ४.४७ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.४० प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro