site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार टेनिस खेलाडी जोकोभिच अस्ट्रेलिया छोड्न बाध्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सिडनी । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट स्वदेश फिर्ता पठाइने भएको छ ।

कोभिडविरुद्धको खोप नलगाएकाले अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गर्ने निणर्य गरेको थियो । उनले अन्तिम प्रयासस्वरूप टेनिस प्रतियोगितामा भाग लिनका लागि अस्ट्रेलियामा बस्न दिन भनी अदालतसमक्ष आग्रह गरेका थिए । तर, न्यायधीशहरूले अस्वीकार गरेपछि उनले अब स्वदेश फर्कनुपर्ने छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

योसँगै जोकोभिचको अस्ट्रेलियन ओपन उपाधि जोगाउने तथा २१औँ ग्रान्ड स्लाम जितेर नयाँ कीर्तिमान बनाउने सपनामा धक्का लागेको छ । 

अदालको निर्णयपछि उनले भनेका छन्, "म अत्यन्तै निराश भएको छु । तर, म्याचको सम्मुख अदालतले सुनाएको निर्णयलाई मैले सम्मान गरेको छु । स्वदेश फर्कने सिलसिलामा पनि म सम्बन्धित निकायहरूलाई सहयोग गर्नेछु । तर, अहिले नै मैले कहिले अस्ट्रेलिया छाड्दैछु भन्ने स्थिति छैन ।"

Royal Enfield Island Ad

उनको अपिलविरुद्ध अदालतले निर्णय सुनाउँदै गर्दा उनका समर्थकहरू अदालत कक्ष बाहिर चिन्तित मुद्रामा चुपचाप बसेका थिए । एक महिला समर्थकले मेलबर्नमा खेल्ने भनिएका ३४ वर्षीय जोकोभिचको अनुपस्थितिमा आफूलाई निकै खल्लो लाग्ने प्रतिक्रिया दिएकी छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अदालतको निर्णयको स्वागत गरेका छन् । "यो निर्णय हाम्रा सीमानारूलाई बलियो पार्न र हामीलाई सुरक्षित राख्न भएको हो । अस्ट्रेलियालीहरूले कोरोना महामारीको क्रममा धेरै त्याग गरेका छन् । त्यसैले पनि त्यागको बदलामा तिनीहरूसँग सुरक्षित बाँच्न पाउने आशा गर्ने अधिकार छ," उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro