site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
नेदरल्यान्डका राजाले अबदेखि सुनको बग्गी प्रयोग नगर्ने
SkywellSkywell

एम्सटड्र्याम । नेदरल्यान्डका राजा विल्लेम अलेक्जेन्डरले अबदेखि राज परिवारको ऐतिहासिक सुनको बग्गी प्रयोग नगर्ने घोषणा गरेका छन् । बग्गी दासतासँग जोडिएको भनेर राष्ट्रिय बहस चल्न थालेपछि उनले आफूले बग्गी प्रयोग नगर्ने घोषणा गरेका हुन् ।

आलोचकहरूले घोडाबाट तानिने ‘डी गोडेन कोएत्स’ नामक यस बग्गीको एक भागमा सिंगारिएको एक छविले मुलुकको औपनिवेशिक विगतलाई गौरान्वित गर्ने गरेको दाबी गर्छन् ।

सन् २०१५ देखि प्रयोगमा नल्याइएको यस बग्गीमा राखेर राजा रानीलाई संसद्को उद्घाटन समारोहमा लग्ने गरिन्थ्यो । यस बग्गीको इतिहासबारे मुलुकमा हाल बहस चलिरहेको छ । बग्गीमा रहेको औपनेशिकहरूको सम्मान बताइने उक्त विवादास्पद तस्बिरमा काला र एसियाली मूलका मानिसहरू देखिन्छन् । उनीहरूमध्ये एकजनाले घुँडाले टेक्दै बसिरहेकी एक गोरा युवतीलाई कोका र उखु दिइरहेको देखिन्छ । ती युवतीलाई नेदरल्यान्डसको प्रतीकको रूपमा लिइने गरिएको छ ।

Dabur Nepal
NIC Asia

त्यसैगरी ती युवतीसँगै बसिरहेका एकजना पुरुषले एकजना बालकलाई एउटा पुस्तक दिइरहेको देखिन्छ । यसलाई भने नेदरल्यान्डसले आफ्ना प्रभुत्वमा रहेका मुलुकहरूलाई उपहार स्वरूप ‘सभ्यता’ दिइरहेको रूपमा प्रस्तुत गरिएको हो । यो तस्बिर सन् १८९६ मा कलाकार निकोलस भान डेर वायले तयार पारेका थिए । 

एउटा औपचारिक भिडियो सन्देशमार्फत राजा विल्लेमले यो बग्गी थुप्रै मानिसका लागि अपमान र आपत्तिजनक रहेको स्वीकार्दै मुलुकलाई आफ्नो औपनिवेशिक इतिहासको विरासतलाई सामना गर्न पनि आह्वान गरेका छन् ।

उनले भनेका छन्, "तर पक्कै पनि ऐतिहासिक वस्तु तथा प्रतीकहरूमाथि प्रतिबन्ध लगाउनु मात्र पनि समाधान होइन ।"

लामो समय संग्रहालयमा थन्किएको यस बग्गीको गत वर्ष मात्र मर्मत सम्भार गरिएको थियो । 

गत वर्ष राजधानी एम्स्टड्र्यामका मेयर फिमेक हाल्सेमाले विगतमा दास व्यापारमा रहेको सहरको भूमिकाका लागि औपचारिक रूपमा क्षमायाचना गरेकी थिइन् । तर, प्रधानमन्त्री मार्क रुटेले राष्ट्रिय स्तरमा यसबारे औपचारिक माफी माग्न अस्वीकार गरेपछि मेयरको कदम अप्ठ्यारोमा परेको थियो । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro