site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
बास्केटबल लिगको क्लबमा दुई विदेशी खेलाडी
SkywellSkywell

काठमाडौं । नेपाल बास्केटबल संघले टर्नपाइक इभेन्ट प्रालिलाई आयोजना गर्न दिएको राष्ट्रिय बास्केटबल लिगमा आठ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको मिति भने तोकिएको छैन ।

आयोजक टर्नपाइकले नेपालमा पहिलोपटक बास्केटबलको फ्रेन्चाइज लिग हुन लागेको दाबी गरेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ क्लबलाई टर्नपाइक इभेन्टले लाइसेन्स प्रदान गर्ने बताइएको छ ।

KFC Island Ad
NIC Asia

टर्नपाइकले लाइसेन्स वितरण गरेबापत आउने रकमको ४० प्रतिशत रकम बास्केटबल संघलाई बुझाउनुपर्नेछ ।

पुरुषको मात्र लिग हुनेछ । आठ क्लबले काठमाडौं, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल÷धनगढीका सहरको प्रतिनिधत्व गर्ने बताइएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने प्रतियोगितामा क्लबहरूले टिममा १० नेपाली र दुई विदेशी गरी १२ खेलाडी राख्न पाउनेछन् । त्यस्तै, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकसहित फिजियो र व्यवस्थापक राख्नुपर्नेछ ।

लिगमा प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटबल संघले लिनेछ । संघले व्यावसायिक खेलाडी र प्रशिक्षक दर्ता गर्नेछ । खेलाडीलाई दुई तहमा वर्गीकरण गरी क्लबमा अनुबन्ध गराउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro