site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साविक विजेता अल्जेरिया बराबरीमा रोकियो, इजिप्ट पराजित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मोहम्मद सालाहको इजिप्टले मंगलबार अफ्रिकन कप अफ नेसन्समा नाइजेरियालाई १–० को नतिजा सुम्पिएको छ । त्यस्तै, म्यानचेस्टर सिटीका स्टार रियाद महारेजको अल्जेरिया पनि गोलरहित बराबरीमा रोकिएको छ ।

योसँगै प्रतियोगिताअघि गरिएका अनुमानहरूलाई सुरुका तीन दिनका नतिजाले गलत सावित गरिदिएका छन् । साविक विजेता अल्जेरियालाई कमजोर मानिएको सिएरालियोनले बराबरीमा रोकेको हो । सिएरालियोनले २६ वर्षपछि पहिलोपटक ठूलो प्रतियोगिता खेलेको हो ।

क्यामरुनमा जारी प्रतियोगितामा अल्जेरियालाई फेरि पनि बलियो दाबेदारका रूपमा हेरिएको छ । अल्जेरिया सन् २०१८ पछि ४० खेलमा अपराजित छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, खेलाडीका रूपमा इजिप्टका सालाह सबैभन्दा ठ्रला नाममध्येका एक हुन् । लिभरपुलका स्टार फरवार्ड सालाह प्रिमियर लिगमा जारी सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले प्रिमियर लिगमा १६ गोल गरिसकेका छन् । सालाहलाई अहिले विश्वकै उत्कृष्ट खेलाडीका रूपमा पनि चर्चा गर्न थालिएको छ ।

तर, मंगलबार राति लिभरपुलका सालाह र सिटीका महारेजको टोलीले अपेक्षाकृत नतिजा निकाल्न सकेनन् ।

Royal Enfield Island Ad

नाइजेरिया पछिल्लो समय संकटमा रहेको टिम हो । विशेषगरी गएको महिना प्रशिक्षक गेर्नोट रोहरलाई बर्खास्त गरिएको छ । उनको स्थानमा अगस्टिन इगुवाभोएनलाई अन्तरिम प्रशिक्षकका रूपमा जिम्मेवारी दिइएको छ । त्यस्तै, नाइजेरियामा महत्त्वपूर्ण स्ट्राइकर भिक्टर ओसिमहेन पनि उपलब्ध थिएनन् ।

त्यही नाइजेरियाका लागि मंगलबार राति लेस्टर सिटीका फरवार्ड केलेची इहेनाचोले ३०औँ मिनेटमा गरेको गोल इजिप्टलाई हराउन पर्याप्त बन्यो । इजिप्टका सालाहले गोलको एउटा राम्रो अवसर पाएका थिए । तर, उनको प्रयासलाई नाइजेरियाका गोलकिपर मडुका आकेएले बचाइदिएका थिए । सालाहको प्रहार ओकेएको बायाँ खुट्टामा लागेर फर्किएको थियो ।

जितपछि नाइजेरिया तीन अंकसहित समूह ‘डी’को शीर्ष स्थानमा छ । समान एक अंक जोडेका गिना–विसाउ र सुडान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । इजिप्ट अन्तिममा छ । सुडान र गिना–विसाउले गोलरहित बराबरी खेलेका थिए ।

बराबरीमा रोकिनुका बाबजुद अल्जेरिया एक अंकका साथ समूह ‘ई’को शीर्ष स्थानमा छ । समान एक अंक जोडेको सिएरालियोन दोस्रो स्थानमा छ । सिएरालियोनले १९९६ पछि पहिलोपटक अफ्रिकन कप खेलेको हो । समूह ‘ई’मा आइभोरी कोस्ट र इक्वेटोरियल गिनीले खेल्न बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro