वासिङटन । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले इरानले अमेरिकी नागरिकहरूसहित इरानी जनरल कास्सेम सोलेमानीलाई सन् २०२० मा ड्रोन हमलामार्फत गरिएका हत्यामा सरिक रहेका भनी तेहरानले सूचीमा राखेका कुनै पनि व्यक्तिमाथि आक्रमण भएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले गत शनिबार इरानले केही व्यक्तिलाई कालो सूचीमा राखेको र तेहरान समर्थित छापामारले मध्यपूर्वमा अमेरिकी फौजमाथिको आक्रमणलाई निरन्तरता दिइरहेको बताएका थिए । एक विज्ञप्तिमार्फत सुल्लिभानले बताएका छन्, "हामी इरानबाट थालिएको कुनै पनि आक्रमणलाई रोक्न र प्रतिक्रिया जनाउन हाम्रो गठबन्धन र साझेदारहरूसँग सहकार्य गर्नेछौँ । यदि इरानले हाम्रो कुनै नागरिक र हालै त्यसले कालोसुचिमा राखेको ५२ जना व्यक्तिमध्ये कसैलाई पनि आक्रमण गरेको खण्डमा परिणाम राम्रो हुने छैन ।"’
सोलेमानीलाई इराकको राजधानी बग्दादमा हत्या गरिएयता त्यसको बदला स्वरूप दर्जनौ अमेरिकी मारिसकेका छन् । मारिनेमा अधिकांश सैनिक रहेका छन् ।
इरानको विदेश मन्त्रालयले ५१ जना अमेरिकीलाई ‘आतंककारी’ संज्ञा दिँदै मानव अधिकार उल्लंघन गरेको भनिएका तिनीहरूलाई आक्रमणको तारो बनाइने जनाएको थियो । तर, इरानले ५१ जना मात्र उल्लेख गरेपनि सुल्लिभानले किन ५२ उल्लेख गरे भन्ने स्पष्ट हुन सकेको छैन ।
इरानको सूचीमा संयुक्त चिफ अफ स्टाफका अध्यक्ष अमेरिकी जनरल मार्क मिली तथा व्हाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ व्रियन पनि रहेका छन् । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अनुसार सन् २०२० को ३ जनवरीमा रिभुलुस्नरी गार्डसको देश बाहिरको संगठन अर्थात इरानको कुद्स फोर्सका कमान्डर सोलेमानीको हत्या भएको थियो ।
रोयटर्सबाट ।