site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीसँग बैंक सञ्चालकको गुनासो–  कोभिडको सहुलियतको भार बैंकले मात्रै बोक्नु पर्‍यो 
SkywellSkywell

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले कोभिडपछि उद्योगी व्यवसायीलाई दिएको सहुलियतको भार बैंकले मात्रै बोक्नु परको बताएका छन् । संघको दोस्रो वार्षिक साधारणसभामा उनले अर्थमन्त्रीलाई सम्बोधन गर्दै कोभिडपछि दिएको सहुलियतको भार बैंकलाई बोकाइए पनि सहुलियत भने नपाएको बताए ।

उनले अहिले अर्थतन्त्र इमरजेन्सी अवस्थामा रहेको बताए । अहिलेको परिस्थितिबाट अर्थतन्त्र बाहिर ल्याउन १८ बस्तुसँगै अन्य धेरै सामग्री आयातमा नगद मार्जिनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

“सोधनान्तर घाटा चुलिँदै छ, पाँच महिनामा ८२ प्रतिशत आयात वृद्धि र रेमिट्यान्स २२ प्रतिशत घटेको छ,” उनले भने, “अहिलेकै अवस्था रहे ५÷६ महिनामा खाने कुरा आयात गर्न पनि समस्या हुन्छ ।”  उनले अहिलेको अवस्थाबाट पार पाउन तयारी बस्तु र कृषिजन्य बस्तुको आयातमा १५ प्रतिशत कोभिड ट्याक्स लगाउन अर्थमन्त्रीलाई सुझाव दिए । 

KFC Island Ad
NIC Asia

“अर्थतन्त्र इमेरजेन्सी अवस्था भएकाले आयत नियन्त्रण गर्न १८ बस्तु मात्रै हैन अन्य धेरै बस्तुमा नगद मार्जिन आवश्यक छ । कतिपय बस्तुमा भन्दा कर बढाउन सकिन्छ । तयारी बस्तु, कृषिजन्य बस्तु आयातम १५ प्रतिशत कोभिड ट्याक्स लगाऔं,” उनले भने, “तयारी बस्तुमा कच्चा पदार्थको भन्दा भन्सार २० बढी हुनुपर्छ, जसले उत्पादन र रोजगारी सिर्जनाम मद्धत गर्दै आयत प्रतिस्थापन हुन्छ । सरकारले संरक्षण गरेको क्षेत्रमा मात्रै उद्योगको विकास भएको छ ।”

उनले  पछिल्लो  समय नेपाल, चीन र भारत मात्रै नभएर बंगललादेशको पनि डम्पिङ यार्ड बन्दै गएको भन्दै त्यस्ता डम्पिङ बस्तुको आयनतमा रोक लगानु पर्ने बताए ।

उनले अहिलेको तरलता समस्या समाधानका लागि श्रम स्वीकृति दिँदै विप्रेषण बैंकिङ च्यानलबाट अनिवार्य पठाउन  व्यवस्था गर्नुपर्ने बताए । बैंकिङ च्यानलबाट रेमिट्यान्स आउने वातावरण बनाउन प्रोत्साहन आवश्यक भएको उनको तर्क छ । “रेमिट्यान्स निक्षेपमा एक प्रतिशत अतिरिक्त व्याज दिन व्यवस्था राम्रोसँग कार्र्यान्वयन भएको छैन । यसको मिसयुज भयो,” उनले भने, “बैंकिङ च्यानलबाट आएको रेमिटन्सलाई एक हैन दुई प्रतिशत थप व्याज दिनुपर्छ । त्यसमा सरकारले अनुदान दिनुपर्छ । एक प्रतिशत बैंक र एक प्रपितशत सरकारले अनुदान दियो भने प्रोत्सान हुन्छ ।”

उनले  वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउनेलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने बताए ।

उनले  निर्यात गर्ने विद्युत् सोही मूल्यमा निर्यातमुलक उद्योग र साना घरेलु उद्योगलाई दिँदा हुँदैन भन्दै प्रश्न गरे । “चार रूपैयाँमा विजुली निर्यात हैन निर्यात उद्योगलाई सेही मूल्यमा दिएर निर्यात प्रवद्र्धन गर्नुपर्छ,” उनले भने, “दक्षिण एशियामै नेपालमा विजुलीको मूल्य सबैभन्दा महंगो छ । विजुलीको मूल्य २० प्रतिशत घट्नुपछ ।”

उनले बैंकका सञ्चालक पनि कर्जाको ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ भन्नेमा सकारात्म भएको तर निक्षेपको ब्याजद र तरलतामा भएको उताचढावले समस्या भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro