राजनीति
![घोराहीका १३६ युवा कांग्रेसमा प्रवेश](https://12khari.top/uploads/posts/87f0e4fa4e3a61b7d7981590fcd93849.01641644092.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
दाङ । दाङको घोराही उपमहानगरपालिकाका १३६ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रम गरी कांग्रेस दाङले उनीहरूलाई सदस्यता प्रदान गरेको हो ।
१३६ युवा कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए ।
संविधानसभा सदस्य राजु खनाल, कांग्रेस दाङका पूर्वसचिव कमलकिशोर घिमिरे, निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्कालगायत नेताले उनीहरूलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८ १७:५९
प्रतिक्रिया दिनुहोस्