site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली रेल : डेढ वर्षपछि पुनः ट्रयाक परीक्षण (तस्बिरहरू)

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि पुनः परीक्षण गरिएको छ । शनिबार जयनगरबाट कुर्थासम्म रेलमार्गमा रेल चलाएर परीक्षण गरिएको हो ।

साइट इन्जिनियर विनोद ओझाले पाँच महिनापछि आज रेलको इन्जिन स्टार्ट भएको बताए । ‘‘अहिले भारतीय पक्षले पनि रेल छिटो चलाउन चासो लिएपछि आज पुनः रेलको इन्जिन र रेलवे ट्रयाक परीक्षण गरिएको छ,’’ उनले भने ।

गत वर्ष असोजमा पनि रेल र ट्रयाकको परीक्षण गरिएको थियो ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सञ्चालकै तयारीस्वरूप 'ट्रायल' गरिएको बताए । तर, रेल कहिलेदेखि सञ्चालन हुने भन्ने यकिन समय उनले बताएनन् ।

‘राजनीतिक व्यक्तिले रेल सञ्चालनको मिति तय गर्नेछन् । तिथिमितिको विषयमा मैले बोल्न मिल्दैनन्,’’ उनले भने, ‘‘दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी भइरहेको छ ।’’

थप तस्बिर हेर्नोस्-

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro