विशेष
काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
“अनुसन्धानका लागि तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेमाथि अनुसन्धान भइरहेको छ,” कुँवरले बाह्रखरीसित भने ।
कांग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको दाबी गरेका थिए । उनले विज्ञप्ति नै जारी गरेर यही पुस १८ गते राति १ः२५ बजे मादकपदर्थ सेवन गरेर पेस्तोल देखाएर आक्रमणको प्रयास गरिएको आरोपसमेत लगाएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८ १०:१९
प्रतिक्रिया दिनुहोस्